हैटीमा सशस्त्र समूहको झण्डै ४ हजार जनालाई भगाउने आक्रमण, १२ जनाको ज्यान गएको सूचना - नेपाली समाचार

हैटीमा सशस्त्र समूहको झण्डै ४ हजार जनालाई भगाउने आक्रमण, १२ जनाको ज्यान गएको सूचना - नेपाली समाचार


हैटीमा सशस्त्र समूहले जेलमा आक्रमण गरी झण्डै ४ हजार जना कैदीलाई भगाएको छ। घटनामा १२ जनाको ज्यान गएको र झण्डै चार हजार जना कैदीहरूलाई हैटी प्रहरीले उद्धृत गर्दै बीबीसीले समाचार गरेको छ। सन् २०२१ मा राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भइ सजाय काटिरहेकाहरूको उल्लेख छ। सशस्त्र समूहका नेताले हैटीका प्रधानमन्त्री एरिअल हेनरीलाई सत्ताच्युत गर्न आक्रमण गरेको बताइएको छ। पहिले भएको राजनीतिक सहमतिअनुसार हेनरीले फेब्रुअरी ७ सम्म पद छोड्नुपर्ने तथा चुनाव गर्नुपर्ने उल्लेख थियो। सहमति पालना नभएपछि विद्रोहको घटना बढेको बताइन्छ। सन् २०२० देखि हैटीमा गृहयुद्ध हुँदै आएको छ र हजारौँले ज्यान गुमाइसकेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.