अरूको लागि हैन पहिला आफ्नो लागि बाच्न सिक्नुस् ! | Aruko Lagi Hoina pahila aafno Lagi bachna siknus | ( nepali news )

 अरूको लागि हैन पहिला आफ्नो लागि बाच्न सिक्नुस् !


तपाइको मृत्यु भएको केही दिन तपाइको आफन्त रुनेछन्। एक महिना पछि आफ्नो आफ्नो काममा फर्किनेछन्। एक वर्ष पछि आफ्नै जीवन सुरु गर्नेछन्। तपाइको फोटो केवल माया र सम्मानको लागि भित्तामा झुन्ड्याइनेछ। २-३ वर्षमा तपाईँको अस्तित्व उनीहरूको लागि एकादेशको कथा नै हुनेछ। ८-१० वर्षमा तपाईँलाई नचिन्ने नयाँ पुस्ता नि आइसक्नेछ।

तपाईँ यहाँ अरूलाई देखाउन बाचिरहनु भएको छ। अरूलाई बुझाउन लागिरहनु भएको छ। तर तपाईँ आफ्नो लागि बाच्न नै बिर्सिसक्नु भयो। तपाईँ सानो सानो कुरामै खुसी हुनसक्ने मान्छे अरूलाई देखाउन नाम, दाम र पुण्य कमाउन लागिरहनुभएको छ। तपाइको नाम केही समय रहन्छ। तपाइको दाम भागबन्डा गर्दा तपाइकै आफन्तको लडाइ हुनेछ। तपाइको पुण्यले भने केही जीवनलाई सहज बनाउनेछ। तर तपाईँ भने बिलाउनुहुनेछ। तपाइँ को थियो के थियो कसैलाई मतलब नै हुनेछैन। 

अरूलाई देखाउन हैन आफ्नो लागि बाच्न सिक्नुस्। आफुलाई चिन्नुस।

#lifetime #lifestory #nepalinews #dnuorgrednu #thenewsboy #thenews #nepalisadnews 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.